हिंसापीडित महिलाको न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया

युग संवाददाता     1173 पटक पढिएको    

हिंसापीडित महिलाको न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया


धनगढी
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा धनगढी उपमहानगरपालिकाको न्यायीक समितिको आयोजनामा बिहीबार धनगढीमा हिंसा पीडित महिलाहरूको न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया भएको छ । 
कार्यक्रममा जनप्रतिनिधि, कैलाली जिल्ला अदालतका न्यायधिस, सरकारी वकिल, कैलाली जिल्ला बार इकाई, जिल्ला प्रहरी कार्यालय, मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । 
सो अवसरमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक सुशीला मिश्र भट्टले निष्पक्ष न्याय सम्पादनका लागि सबै पक्षबीच अर्थपूर्ण संवाद जरुरी हुने बताइन् । उनले भनिन्– निष्पक्ष न्याय सम्पादनका लागि सरोकारवाला पक्षहरूबीच संचार आवश्यक हुन्छ । तर कताकता पीडितका कुरामात्रै बढी सुनिन्छ कि भन्ने भाव बाहिर गइरहेको छ । 
उपप्रमुख भट्टले पछिल्लो पटक महिलाप्रति सरकार नरम हुनुका साथै बाध्यात्मक कानुनका कारण पनि महिलाको न्यायमा पहुँच बृद्धि भएको बताइन् । 
कैलाली जिल्ला अदालतका न्यायधीस जयानन्द पनेरुले महिला तथा बालबालिकाका विषयमा कानुन कार्यान्वयन गर्ने निकाय संवेदनशिल हुनुपर्ने बताए । जिल्ला न्यायधीस पनेरुले भने– कुनै पनि मुद्दा अदालतमा पुग्नुभन्दा पहिले नै प्रभावित हुने खतरा पनि हुन सक्छ । त्यसैले त्यस्तो नहोस् भन्नेतर्फ सबै सजग हुनु आवश्यक हुन्छ ।
कार्यक्रममा कानुन अधिवक्ता रेणु प्रधानले कार्यपत्र प्रस्तुत गरेकी थिईन भने अधिवक्ता वीरबहादुर जेठाराले टिप्पणी गरेका थिए ।

दृष्टि फाउन्डेशनकी संचालक कल्पनालाई सम्मान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन धनगढीमा आयोजित एक कार्यक्रममा असहायको सेवामा समर्पित संस्था दृष्टी फाउन्डेशनका संचालक कल्पना भट्टलाई सम्मान गरियो । 
समारोहमा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट र कैलाली जिल्ला न्यायधिस जयानन्द पनेरुले संयुक्त रुपमा कल्पनालाई सम्मानपत्र प्रदान गरे । 
कल्पनाले धनगढीमा असहाय र सहाराबिहीन महिलाहरूको संरक्षण गर्दै आएकी छन् । उनको संस्थामा अहिले ४० जना बढी असहाय महिलाले संरक्षण पाएका छन् । 
 



शुक्रबार २६, मङि्सर २०७७ ११:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal