काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र संघीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन्।
राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ नेकपा दलभित्र विभाजनको अवस्था आउनाले जनतामा निराशा छाएको वैद्यले सुनाए । उनले भने,ु नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ुप्रचण्डु को सत्ता मोहले उत्पन्न विवादले जनतामा निराशा छाएको छ।
पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन उदयपुर पुगेका नेता वैद्यले जनता कोरोना महामारीमा परेको बताए । उनले जनताले रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको बताए ।
अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए ।
सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यले राखे ।
प्रतिकृया दिनुहोस