मिनिबसभित्र किशोरीको सामुहिक बलात्कार, दुई पक्राउ

Yugnepal     943 पटक पढिएको    

मिनिबसभित्र किशोरीको सामुहिक बलात्कार, दुई पक्राउ

 सेतोपाटीबाट 

लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका(८ बाट दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका(१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका(४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए।  


उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक(पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। 

ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्। 

 

उनीहरूबीच चिनजान नभएको र भेट हुँदा लठ्ठिने औषधी खुवाएर बसमा बलात्कार गरेको भनेकी छन्, प्रहरी स्रोतले भन्योहामीले बसका दुई स्टाफलाई नियन्त्रणमा लिएका छौं।ु 

घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्।  



आइतबार १८, असोज २०७७ ०३:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal