विप्लव समूहका नेता ओम पुन कारागार चलान

Yugnepal     1533 पटक पढिएको    

विप्लव समूहका नेता ओम पुन कारागार चलान

धनगढी। ५० हजार धरौटी बुझाउन नसकेपछि विप्लव समूहका नेता तथा सेती महाकाली ईन्चार्ज ओम पुन कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले आज उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए । पत्रकार संग संक्षिप्त प्रतिक्रिया दिदै सेती महाकाली ईन्चार्ज ओम पुनले धरौटी तिरे प्रहरीले अर्को मुद्धा लगाउँने निश्चित भएका कारण कोरोनाको जोखिममा आफु धरौटी नतिरी कारागार जाने निर्णय गरेको बताए ।

प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओम प्रकाश पुन पक्राउ लाई धनगढी उपमहानरपालिका वडा नम्बर ७ को कनरी क्षेत्र बाट असार ३१ ग्ते पक्राउ गरिएको थियो ।

उनी संगै प्रक्राउ परेकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्व केन्द्रिय सदस्य लाई सामान्य तारिखमा रिहाई गरेको छ । पुन समूह भित्र सरकार संग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । कटुवा पेस्तोल र गोली सहित प्रहरीले पुनलाई असार ३१ गते पक्राउ गरेको थियो ।



सोमबार २६, साउन २०७७ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal