पहिरोले डोटीका ३५ परिवार विस्थापित

Yugnepal     1091 पटक पढिएको    

पहिरोले डोटीका ३५ परिवार विस्थापित


 बर्षा सुरु भएसंगै आएको पहिरोका कारण डोटीको एउटै स्थानीय तहका ३५ परिवार घरवार बिहीन भएका छन् ।

 पहिरोमा परी घर भत्कने तथा पहिरोको जोखिममा परेका ३५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 बर्षा संगै आएको पहिरोका कारण डोटीको सायल गाउँपालिका वडा नम्बर–२ भुर्केलाका ३५ परिवार विस्थापित भएका हुन् । सो गाउँको दुई तर्फबाट पहिरो आएके थियो । स्थानीयका अनुसार गाउँ माथीबाट एउटा र गाउँको मुनीबाट अर्को पहिरो गएपछि सिंगो गाउँनै विस्थापित भएको हो ।

 लगातार परेको पानीका कारण पहिरोले गाउँ नै जोखिममा पारेपछि घर छोडेर गाउँ नजिकै रहेको अग्लो डाँडामा अस्थाई वास्स्थान निर्माण गरेर बस्नुपरेको स्थानीय धर्मराज जोशीले बताए । ‘एक साता देखी लगातार भइरहेको लगातारको बर्षाका कारण गाउँमाथी र तलबाट पहिरो आएको छ’ उनले भने(‘दुवै तर्फबाट पहिरो आएपछि बस्ती बग्ने डरले गाउँ छोडेर भागेका हौं, अहिले डाँडामा त्रिपाल टाँगेर बसिरहेका छौं ।’

भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयबासीमा त्रास उत्पन्न भएको स्थानीय तेज डुम्रेलले बताए । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले गाउँबासीलाई सुरक्षित ठाउँमा सार्नु पर्ने स्थानीयको माग रहेको छ । 

 विस्थापित भएकाहरु रातभरि जागै बस्ने गरेका छन् । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने भन्दै उनीहरुले सुरक्षित ठाउँमा सार्न माग गरेका छन् ।



बुधबार २१, साउन २०७७ ११:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal