नेपाली कांग्रेसको तरुण विभाग विस्तार

Yugnepal     1125 पटक पढिएको    

नेपाली कांग्रेसको तरुण विभाग विस्तार

काठमाडौं। नेपाली कांग्रेसको तरुण विभाग विस्तार गरिएको छ। नेपाली कांग्रेसको विधान,२०१७ संशोधित सहितको धारा २५९९० बमोजिम तरुण विभाग प्रमुख शंकर भण्डारीको सिफारिसमा कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण विभाग विस्तार गरेका हुन्।

पहिलो चरणमा तरुण विभागको जिम्मेवारी पाउनेहरुमा बझाङका पुराना तरुण नेता चेतराज बजाल, तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ, खगेन्द्र देवान इलाम, मदन बुढाथोकी झापा, रामपल्टन साह धनुषा, श्यामप्रसाद श्रेष्ठ नवलपुर, अर्जुन शेरचन बाग्लुङ, नन्दबहादुर विष्ट रुकुम र श्रीकुमारी घर्ती रोल्पा रहेका छन्। जसमध्ये विष्ट र घर्ती दुबै जनाको बुबालाई द्धन्द्धकालमा माओवादीले हत्या गरेका थिए।

यसैगरि थिरबाबु परियार लम्जुङ,पासाङ नुर्बु शेर्पा सिन्धुपाल्चोक, लोकेन्द्र ध्वज खाँण कपिलबस्तु, प्रवल थापा काठमाण्डौं, खिमान सिं रायमाझी प्युठान, मदन मण्डल बारा, सरस्वती शाह बर्दिया, अमृत भट्चन नवलपुर, सुरेशप्रसाद यादव सप्तरी, मोहम्मद अतिउर रहमान बारा पनि विभागमा समेटिएका छन्। 

तरुण विभागलाई क्रमश विस्तार गरिने तरुण विभाग एवं केन्द्रीय सदस्य भण्डारीले बताएका छन् । कांग्रेसमा विभाग विस्तार गर्नेमा भण्डारी पहिलो विभागिय प्रमुख हुन पुगेका छन्।



सोमबार २२, असार २०७७ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal