गौरी शंकर डेन्टल प्रालि धनगढीका सन्चालक रतन एसकेले  संचारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । 
   कोरोना भाईरस फैलिए संगै समाचार संकलन गर्न अग्रस्थानमा रहेका संचारकर्मीलाई उपलब्ध गराउनका लागि नेपाल पत्रकार  महासंघ धनगढी  शाखालाई  स्वास्थ्य सामाग्री हस्तान्तण गरेको हो  ।
  सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला शाखाका कोषाध्यक्ष हिमाल जोशीले स्वास्थ्यकर्मी सुरक्षाकर्मी सँगै सञ्चारकर्मी पनि फ्रन्ट लाईनमा काम गरिरहेको अवस्थामा यो सहयोगले थोरै भएपनि राहत भएको बताए । उनले अन्य निकायलाई पनि सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह गरे । 
गौरी शंकर डेन्टल प्रा।लि धनगढीले सामाजिक कार्य गर्दै आईरहेको एसकेले जानकारी दिए । यसपाली कोरोना भाईरसको उच्च जोखिममा रहेर समाचार संकलनका लागि फिल्डमा खटिरहेका सञ्चारकर्मीलाई सहयोग गरेकोमा  सञ्चारकमीले धन्यबाद दिएका छन ।
प्रतिकृया दिनुहोस