कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि हिमानी ट्रष्टले दियो स्वास्थ्य सामग्री

Yugnepal     2802 पटक पढिएको    

कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि हिमानी ट्रष्टले दियो स्वास्थ्य सामग्री

 

धनगढी– हिमानी ट्रष्टले सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सोमबार ट्रष्टका सदस्य तेजबहादुर सिंह नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

कोरोनाको जोखिमबाट बच्नका लागि ट्रष्टले ४ सय पिपिई, ४ सय माक्स, ४ सय सेनिटाइजरसहित अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराएको ट्रष्टका स्थानीय सहयोगी ललीत जोशीले जानकारी दिए ।

सामग्री बुझ्दै मन्त्री शाहले स्वास्थ्यकर्मी र सीमा क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई सो सामाग्री दिइने बताए।

उनले ट्रष्टले दिएको सामाग्रीले उपचारमा सहयोग पुग्ने बताए। ट्रष्टका सदस्य तेज बहादुर सिंहले यो सहयोग प्रारम्भिक रहेको र अझै थप सहयोग गरिने बताए।



बुधबार ३१, बैशाख २०७७ १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal