नेपालमा कोरोनाको त्रास  मंगलबार ५७ जना   संक्रमित

Yugnepal     1211 पटक पढिएको    

नेपालमा कोरोनाको त्रास  मंगलबार ५७ जना   संक्रमित

काठमाडौं । मुलुकक विभिन्न जिल्लामा गरेर मंगलबार थप ५७ जनामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । संक्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी संक्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा संक्रमण देखिएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको संक्रमण भएको बताए । योसँगै  हालसम्म संक्रमितको सङ्ख्या १९१ पुगेको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट मंगलबार रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा संक्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना संक्रमित भेटिएका थिए । 

सहप्रवक्ता डा अधिकारीका अनुसार सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते संक्रमण देखिएको थियो । अहिलेसम्म ३३ जना कोभिड–१९ का संक्रमित निको भई घर फर्किसकेका छन् । 

सहप्रवक्ता डा अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा संक्रमित पहिलोपटक संक्रमित भेटिएको बताए । 

‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उनले भने, ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका हुन् ।” उनले धमाधम संक्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताए । 

मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ । 



मङ्गलबार ३०, बैशाख २०७७ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal