नेपाल विद्यार्थी संघ कैलालीद्धारा धनगढीमा प्रदर्शन  फोटो फिचर

Yugnepal     1150 पटक पढिएको    

नेपाल विद्यार्थी संघ कैलालीद्धारा धनगढीमा प्रदर्शन  फोटो फिचर

    धनगढी नेपाल विद्यार्थी संघले धनगढीमा प्रदर्शन गरेको छ । लिपुलेकको विषयलाई समेटेर सामाजिक दुरी कायम गरेर धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालयसम्म नेविसंघले प्रदर्शन गरेको हो ।


लिपुलेकमा भारतले एकलौटी रुपमा सडक काटेपछि विद्यार्थी संघले प्रर्दशन गरेको हो ।

प्रशासनमा आयोजीत विरोध सभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सदस्य सुमन केसीले केपी शर्मा नेतृत्वको सरकारको राजीनामाको माग गरेका थिए । 


उनीहरुले नेपालीमाथिको भुमी अतिक्रमण बन्द गराउनुपर्ने माग गरेका थिए । उनीहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, भारतीय सेना फिर्ता जाउ, नेपाली भूमि मिच्न पाइ“दैन, भारतीय विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावादलगायतका नारा लेखेका प्लेकार्ड  बोकेर विरोध जनाएका थिए ।


यस्तै, भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जोडने सडक निर्माण गरी उद्घघाटन गरेको भन्दै धनगढीमा विरोध गरिएको छ । राष्ट्रिय जनमोचाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै विरोध जनाएको हो ।


राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले धनगढीसंगै महेन्द्रनगर, डोटी र डडेल्धुरामा पनि विरोध कार्यक्रमको आयोजना गरिएको बताए । लिपुलेक अतिक्रमण गरेको बिरोधमा भौतिक दुरी कायम गरी पुतला दहन गरेको उनले बताए ।

कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालय
दार्चुलाको व्यास गाउ“पालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सुरक्षा फौज पठाइने भएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सुरक्षा फौज पठाउन लागिएको हो ।
सुरक्षा फौज पठाउनका लागि नेपाली सेनासँग हेलिकोप्टर मागिएको गृह स्रातले जनाएको छ । सेनाको हेलिकोप्टरमा बुधबार सुरक्षा फौज पठाउने तयारी भएको छ ।
कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालयले आफनो जनशक्ति खटाउने तयारी गरेको हो । विकट कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो ।
‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो । तर अहिले सीमा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो । यसको गृहकार्य भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो ।



सोमबार २९, बैशाख २०७७ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.