कैलाली जिल्लाका सिमानाकामा थप कडाइ गर्ने

Yugnepal     1131 पटक पढिएको    

कैलाली जिल्लाका सिमानाकामा थप कडाइ गर्ने


 भारतसँग जोडिएका सिमा नाका कडाइ  गर्ने  जिल्ला सुरक्षा समिति कैलालीले निर्णय  गरेको छ। 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा विहीबार धनगढीमा  सम्पन्‍न बैठकले भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र कैलालीमा जोखिम बढेकाले सीमा क्षेत्रबाट हुन सक्ने आवागमन रोक्न थप कडाइ बनाउने निर्णय गरेको  छ ।

उक्त निर्णयका कारण करिब डेढ महीनादेखि कैलालीको सीमापारि अलपत्र नेपाली नागरिकको तत्काल उद्धार नहुने सम्भावना देखिएको छ।

जोखिम न्यूनीकरणका लागि वडाध्यक्षको संयोजकत्वमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको निगरानी समूह गठन गर्ने निर्णयसमेत भएको जिल्ला सुरक्षा समितिले जनाएको छ।



शुक्रबार २६, बैशाख २०७७ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal