चुरे गाउँपालिकाद्धारा ६ वटै वडामा राहात वितरण सुरु

Yugnepal     1086 पटक पढिएको    

चुरे गाउँपालिकाद्धारा ६ वटै वडामा राहात वितरण सुरु


धनगढी । कैलालीको चुरे गाउँपालिकाद्धारा ६ वटै वडामा मंगलबारदेखि राहात वितरण सुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मारमा परेका विपन्न परिवारलाई राहात वितरण सुरु गरेको हो ।
गाउँपालिकाका ६ वटै वडाका एकहजार २५ जनालाई राहात विरतण गर्ने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले जानकारी दिए । गाउँपालिकाले निश्चित मापदण्ड बनाएर मारमा परेका विपन्न परिवारलाई राहात वितरण कार्य सुरु गरिएको उनको भनाइ छ ।
गाउँपालिकाले एक हजार २५ जनालाई राहात वितरण गर्नका लागि झण्डै रु. १३ लाखको खाद्यान्न सामाग्री खरिद गरेको छ । गाउँपालिकाले राहात वितरणका लागि २ सय ५३ क्वीण्टल चामल, २१ क्वीण्टल दाल, एक हजार २५ पोका तेल, १० क्वीण्टल नुन, एक हजार २५ पीस साबुन खरिद गरेको जनाइएको छ । 
प्रति जनालाई राहात स्वरुप २५ कीलो चामल, २ किलो दाल, एक पोका तेल, एक प्याकेट नुन र एक पीस साबुन वितरण गरिनेछ । राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगर, उपाध्यक्ष दीपादेवी साउँद, विभिन्न वडाका वडाध्यक्ष लगायतको सहभागित रहेको थियो । 



मङ्गलबार १६, बैशाख २०७७ ०२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.