समाजवादी पार्टीको आरोपआफ्ना सांसद सरकारद्धारा अपहरण

Yugnepal     1242 पटक पढिएको    

समाजवादी पार्टीको आरोपआफ्ना सांसद सरकारद्धारा अपहरण

 

समाजवादी पार्टीले आफ्ना सांसद सुरेन्द्र यादवलाई सरकारले अपहरण गरेको आरोप लगाएको छ।

पार्टी फुटाउने षड्यन्त्रका साथ सांसद यादवलाई अपहरण गरिएको समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवले सेतोपाटीलाई बताए।

'उहाँलाई सरकारकै षड्यन्त्रमा अपहरण गरिएको छ। हाम्रो पार्टी फुटाउने चालबाजी अनुसार यस्तो गरिएको हो' रामसहायले भने, 'जलेश्वरस्थित घरबाट १२ बजे निस्कनुभएको भए पनि अहिलेसम्म कसैको सम्पर्कमा आउनुभएको छैन।'

सांसद यादव महोत्तरी ४ बाट निर्वाचित भएका हुन्। यसअघि उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए। गत मंसिरमा मन्त्रिपरिषद पुनर्गठनमा उनी हटाइएका थिए।



बुधबार १०, बैशाख २०७७ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal