बलात्कार आरोपमा चार युवक पक्राउ

Yugnepal     800 पटक पढिएको    

बलात्कार आरोपमा चार युवक पक्राउ


धनगढी । कैलाली प्रहरीले एक युवतीलाई बलात्कार गरेको आरोपमा मंगलबार चार जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौरामा रहेका आफन्तलाई भेटेर दिउसो १२ स्३० बजे घर फर्किदै गरेकी युवतीलाई खुरखुरिया नजिकैबाट नियन्त्रणमा लिई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चार जना युवकले ती युवतीसंग रहेका तीन जनालाई कुटपिट गर्दै युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । युवतीमाथि बलात्कार भएको जानकारी पाएपछि तत्काल घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको बलात्कारमा संलग्न चारै जनालाई पक्राउ गरेको हो ।

ती युवतीलाई बलात्कार गर्नुअघि चारै जना युवकले धारिलो हतियारले उनीसंगै आफन्तलाई सडकमा अबरोध सृजना गर्दै धारिलो हतियार प्रयोग गरेका थिए । ती चारै जना युवकले तीन जनालाई कुटपिट गरेपछि ती युवतीलाई सडकबाट सय मिटर भित्र एकान्तमा लगेर जर्वजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट धारिलो हतियार र मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।



मङ्गलबार ०२, बैशाख २०७७ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.