नेपालमा अलपत्र भारतियहरु लम्कीचुँहाको आश्रयमा

Yugnepal     991 पटक पढिएको    

नेपालमा  अलपत्र भारतियहरु लम्कीचुँहाको आश्रयमा

धनगढी । नेपालमा अलपत्र परेका ७६ जना भारतीयहरुको लम्की चुँहा नगरपालिकाले उद्धार गरेको छ ।
भारतको उत्तरप्रदेशको रुपडिया नजिकैका उनीहरु लकडाउनका कारण खान पाइरहेका थिएनन् । उनीहरुलाई कर्णाली किनारमा बस्न दिएका छौ लम्की चुँहा नगरपालिकाका प्रमुख महादेव वजगाईले भने यहाँ बस्दासम्म नगरपालिकाले खाद्यान्न सामाग्री उपलव्ध गराउने छ ।
गत नौ महिनादेखि नेपालमा मसाला पिस्ने सिलौटा, विभिन्न खालका औषधि बेचेर आम्दानी गर्ने उनीहरुलाई लकडाउनका कारण स्वरोगजारी गुमाएर साँझ विहानको छाक टार्न पनि गाह्रो भएको थियो ।
बर्दगोरियाको मुडामा अस्थायीरुपमा बस्दै आएका उनीहरुलाई कसैले खान नदिएपछि भौतारिदै हिडेका थिए । कसैले लम्की चुँहा नगरपालिकाले खान दिन्छ भने पछि उनीहरु लम्की पुगेका थिए । त्यसपछि नगरपालिकाले बस्ने ठाउँ देखाएर खाद्यान्नको व्यवस्था गरेको छ ।
उनीहरु नदी किनारमा प्लाष्टिकको पाल हालेर बस्ने भएका छन् । नगरप्रमुख वजगाईका अनुसार उनहरुसंग २५ जना जति बच्चा समेत छन् ।



बुधबार २६, चैत २०७६ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.