एजेन्सी नयाँ दिल्लीकोरोना भाइरसको महामारीका कारण अहिले सम्पूर्ण विश्व नै संकटमा छ । विश्वका सबै देश भाइरसबाट कुनै न कुनै रूपमा प्रभावित छन् । संक्रमण विस्तारसँगै यसको परीक्षण गर्ने किटको विकास गर्ने अभ्यास सुरु भएको छ ।
भाइरसको परीक्षणलाई तीव्रता नदिएको चौतर्फी गुनासो बढिरहेकै वेला भारतकी एक भाइरसविज्ञको नेतृत्वमा रहेको एउटा समूहले कोरोना परीक्षणको किट विकास गरेको विवरण यसै साता सार्वजनिक भएको थियो ।
नयाँ आविष्कार गरिएको प्रत्येक किटले कोरोनाका एक सयवटा नमुना परीक्षण गर्न सक्छ । किटले मानिसहरूमा कोभिड– १९ भए, नभएको पुष्टि गर्ने र परीक्षणको दर बढाउने आशा गरिएको छ । एउटा किटको मूल्य १२ सय भारु तोकिएको छ, जब कि भारतले बाहिरबाट आयात गरेको किटको मूल्य ४५ सय भारु पर्छ ।
भाइरसविद् मिनल दखावे भोस्ले नेतृत्वको समूहले पाथो डिटेक्ट नामक परीक्षण किट तयार गरेको थियो । ६ साताको अथक प्रयासपछि उनीहरू किट बनाउन सफल भएका थिए । किटको विकाससँगै कोरोना नियन्त्रणमा आमभारतीयमा केही आशाको किरण जगाएको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढिरहेको छ ।
देशमै पहिलोपटक बनेको किट बिहीबारदेखि बजारमा उपलब्ध छ । किटले मानिसहरूमा कोभिड— १९ भए(नभएको पुष्टि गर्ने र परीक्षणको दर बढाउने आशा गरिएको छ । किटले सफल परीक्षण गरेमा १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा तीव्र ढंगमा सस्तो मूल्यमा कोरोना परीक्षण हुने सरकारको विश्वास छ ।
पुणेस्थित माइल्याब डिस्कभरीले परीक्षण किट बनाउने र बेच्ने अनुमति पाएको छ । परीक्षण किट बनाउने यो कम्पनी भारतकै पहिलो हो । कम्पनीले मुम्बई, पुणे, बेंगालुरु, दिल्ली र गोवाका प्रयोगशालामा १५० वटा पहिलो परीक्षण किट उत्पादन भएका छन् ।
माइल्याबले बनाएका प्रत्येक किटले सयवटा नमुना परीक्षण गर्न सक्छन् । एउटा किटको मूल्य १२ सय भारु तोकिएको छ, जब कि भारतले बाहिरबाट ल्याउने किटको मूल्य ४५ सय भारु पर्छ । माइल्याब डिस्कोभरीका मेडिकल निर्देशक डा। गौतम वानखेडे भन्छन्, ‘हाम्रो उत्पादन समूहले एक सातादेखि किट उत्पादन गरिरहेको छ । ’
किट विकास गरेको भोलिपल्ट जन्माइन् शिशु
चीनको वुहानमा कोरोना संक्रमितको संख्या बढिरहेका वेला भाइरलविज्ञ डा। भोस्ले नेतृत्वको समूहले परीक्षणका लागि किट विकास गर्ने तयारी गरेको थियो । किट विकास गरिरहँदा भोस्ले गर्भवती थिइन् । गर्भधारणसँग सम्बन्धित जटिलतापछि उनी केही समय अस्पताल भर्ना भएकी थिइन् । फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज भएलगत्तै किट विकासको काम सुरु गरिएको थियो ।
मिनल दखावे भोस्ले,भाइरसविद्
उनको बच्चा जन्माउने समयसीमाअघि नै किट तयार गर्न समूह प्रतिबद्ध थियो । अन्ततः उनले बच्चालाई जन्म दिनु केही घन्टाअघि अर्थात् मार्च १८ मा भारतको औषधि नियन्त्रण निकाय सिडिएससिओसमक्ष आफूहरूले विकास गरेको किटको व्यावसायिक स्वीकृतिका लागि प्रस्ताव पेस गरेकी थिइन् । त्यसअघि उनले भारतको नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी ९एनआइभी०समक्ष मूल्यांकनका निम्ति किट बुझाएकी थिइन् ।
किट विकास भएको भोलिपल्ट अर्थात् १९ मार्चमा भोस्लेले छोरी जन्माएकी थिइन् । ‘समयको पावन्दीलाई मनन गरेका थियौँ, माइल्याबका निर्देशक डा। वानखेडेले भने, ‘हामी भारतमा पहिलोपटक किट तयार गर्ने प्रयासमा थियौँ र भोस्लेले अग्रमोर्चामा रहेर हाम्रो समूहको नेतृत्व गरेकी थिइन् ।’
मूल्यांकनका लागि सो किट पेस गर्नुअघि यसको नतिजा उपर्युक्त छ भन्ने सुनिश्चितता गर्न सो समूहले सम्पूर्ण मापदण्डको परीक्षण र पुनपरीक्षण गर्नुपथ्र्यो । ‘एउटै नमुनालाई दशपटक परीक्षण गर्दा उही परिणाम आउनुपर्छ,’ भोस्ले भन्छिन्, ‘हामीले त्यसमा पूर्ण सफलता पायौँ ।’
कोरोना परीक्षण दर न्यून
कोरोना परीक्षण पर्याप्त नगरिएको भन्दै भारतको चौतर्फी आलोचना भइरहेको छ । अहिले पनि भारतमा कोरोना परीक्षण दर विश्वमै सबैभन्दा न्यून दरमा भइरहेको छ । प्रति १० लाख मानिसमध्ये ६ दशमलब ८ जनामा मात्र परीक्षण भएको छ । सुरुमा उच्च संक्रमित देशबाट भ्रमण गरेर फर्किएका शंकास्पद व्यक्ति, संक्रमितको सम्पर्कमा रहेको अनुमान गरिएका अन्य शंकास्पद र कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकको परीक्षण गरिएको थियो । त्यसपछि श्वासप्रश्वाससम्बन्धी कडा समस्या भएर अस्पताल भर्ना भएका अन्य व्यक्तिको पनि परीक्षण सुरु गरेको थियो ।
तर, दैनिकजसो संक्रमणका घटना र कोरोनाबाट मृत्यु हुनेको संख्या बढेसँगै परीक्षण गरिने संख्या पनि ठूलो पारिएको छ । पछिल्ला केही दिनमा परीक्षणलाई तीव्रता दिइएको छ । सरकारले २१ दिन लकडाउन गरेपछि बिचल्लीमा परेका हजारौँ मजदुरहरू समूहमा पैदल हिँडेर आ–आफ्ना गन्तव्यतर्फ बढिरहेका वेला परीक्षणको झनै आवश्यकता महसुस गरिएको हो । अझ पन्जाबमा एकैजना संक्रमितका कारण ४० हजार मानिस क्वारेन्टाइनमा बसिरहेका वेलामा शंकास्पद व्यक्तिमाथिको परीक्षण दरलाई तीव्र बनाइनुपर्ने विज्ञहरूले बताउँदै आएका थिए ।
इटालीको भ्रमण गरी फर्किएका एक व्यक्ति हजारौँ सहभागी धार्मिक भेलामा सहभागी भएपछि ४० हजारलाई क्वारेन्टाइनमा राखिएको छ । ती व्यक्तिको कोरोनाका कारण गत साता मृत्यु भएको थियो । त्यस्तै, स्वास्थ्यको पहुँचबाट टाढा रहेका मजदुर तथा निम्न वर्गको परीक्षणमा पनि तीव्रता दिनुपर्ने विज्ञहरूको जोड छ । भारतमा बुधबारसम्म कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ भने एक हजार पाँच सय ९० संक्रमित छन् ।
परीक्षणको दायर विस्तार गरिँदै
सुरुमा कोरोना परीक्षणका लागि राज्यका ल्याबलाई मात्र अनुमति दिइएको थियो । तर, अहिले निजी ल्याबलाई पनि परीक्षणको दायरामा ल्याइएको छ । सरकारले अनुमति दिएमा आफूहरूले परीक्षणलाई तीव्रता दिने निजी ल्याबहरूले बताउँदै आएका छन् । सरकारले अमेरिका, युरोपेली युनियन र अन्य देशबाट इजाजत पाएका १५ निजी कम्पनीलाई किट बिक्रीका लागि बिहीबारदेखि अनुमति दिएको छ । दैनिक आपूर्ति र ल्याब वृद्धिसँगै परीक्षणको दायरा फराकिलो पारिने विज्ञहरूले बताएका छन् ।
नयाँ पत्रिकाको झन नयाँ बाट सारभार
प्रतिकृया दिनुहोस