प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल दिपायलबाट तत्काल नसर्ने

Yugnepal     814 पटक पढिएको    

प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल दिपायलबाट तत्काल नसर्ने

 

धनगढी । सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने निर्णय हाललाइ रोकिएको छ। 

डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा निर्णय हाललाइ रोकिएको हो। दिपायलबाट ती कार्यालयहरु कैलाली जिल्ला सार्ने प्रहरी प्रधान कार्यालय नक्सालको पत्र आएसँगै डोटीमा निकै विवाद सुरु भएको थियो। 

डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल तत्काल नसार्ने भन्ने जानकारी आएपछि अहिले यहाँका स्थानीयबासीहरु निकै खुशी भएका छन्। डोटीको दिपायलबाट राजधानी कैलालीमा सरेसँगै यहाँ भएका क्षेत्रीय स्तरका कार्यालयहरु पछिल्लो समय धमाधम सारिन थालेका छन्। 

दिपायलमा भएका कार्यालयहरु सारिन थालेपछि यहाँ भएका भौतिक संरचनाहरु खण्डहर बन्दै गएको स्थानीयको गुनासो छ। 



बिहिबार २०, चैत २०७६ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal