कोरोना भाइरसको जानकारी समेटिएको वेभ पोर्टल सार्वजनिक

Yugnepal     798 पटक पढिएको    

कोरोना भाइरसको जानकारी समेटिएको वेभ पोर्टल सार्वजनिक

 धनगढी । धनगढी उप–महानगरपालिकाले वेभ पोर्टल मार्फत कोरोना भाइरस  कोभिड १९  का बारेमा सूचना तथा जानकारी दिन थालेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सोमबार देखि उप–महानगरपालिकाले आधिकारीक पोर्टल सुरु गरेको बताए । धनगढी उप–महानगरपालिका र सुशासन परियोजनाको समन्वयमा वेभ पोर्टल सुरु गरेको हो । पोर्टल जततउकस्ररमजबलनबमजष्।कगकबकबल।यचनरअयखष्मज्ञढ रहेको छ ।

पोर्टलमा कोरोना भाइरस ९कोभिड १९० को राष्ट्रिय स्तरको तथ्याङ्क, सुदूरपश्चिममा कोरोनाभाइरस ९कोभिड १९० चेकजाँच गराउने, संक्रमित संख्या, सञ्चो भएर घर फर्किकाहरुको अपडेट डाटा रहेको छ ।

त्यसैगरी धनगढी उप–महानगरपालिकामा कोरोना भाइरस ९कोभिड १९० को अवस्था , क्वारेन्टाईनको संख्या, आईसोलेशन कक्षहरु, सम्पर्क केन्द्रहरु, अस्पतालहरुको बारेमा जानकारी राखिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।

त्यसैगरी पोर्टलमा लकडाउनको अवस्थामा मजदुरका लागि खाद्यान्न लगायतका सामाग्रीहरु लगायत अन्य सहयोग उपलब्ध गराउनेका विवरण पनि राखिएको छ । धनगढी उप–महानगरपालिकाका सूचना तथा प्रविधी अधिकृत सुयस चन्दका अनुसार नगरवासीलाई कुनै समस्या परेका लक्षण सहितको अनलाईन फाराम घरबाट नै भरेर जानकारी दिनसक्ने ब्यबस्था मिलाईएको छ ।

यस पोर्टलबाट उप–महानगरपालिकाले कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि गरेका सबै गतिविधीहरु पनि अपडेट राखिने अधिकृत चन्दले बताए ।



मङ्गलबार १८, चैत २०७६ ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.