कोरोना भाइरस रोकथामका लागि प्रेस युनियनद्वारा मास्क र साबुन बितरण

Yugnepal     796 पटक पढिएको    

कोरोना भाइरस रोकथामका लागि प्रेस युनियनद्वारा मास्क र साबुन बितरण

 विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस रोकथामका लागि मास्क र साबुन बितरण गरेका छन ।  प्रेस युनियन जिल्ला कार्य समिति बझाङ्गले आज जिल्लाको साबिकको गडराय गाउ बिकास समिति र हालको खप्तडछान्ना गाउपालिका वडा न ७को गडराय गाउ धर्तीवाडा गोर्खाली किमडाला लामागडा लगाएतका टोलमा प्रतिव्यक्ति  एक मास्क र एक साबुन बितरण  गरेका छन देश पुरै लकडाउन भएको बेला भेला समारोह नगरी घर घरमा गएर प्रेस युनियन जिल्ला अध्यक्ष रमानन्द जोसी र प्रदेस पार्षद ललित बहादुर सिंहले  संगठनको नाममा निजि लगानी  करिब ४५  हजार बराबरको लगानीमा १२ सय मास्क र १५ सय साबुन बितरण  गरेका हुन ।  खप्तडछान्ना गाउपालिका वडा न ७ वडाकार्यालय संग समन्वय गरेर गाउघरमा गएर स्थानीयलाइ कोरोना जस्तो महामारी बाट बचाउने उद्वेश्यले  युनियनले मास्क र साबुन बितरण गरि सरकारले निर्णय गरेको लकडाउनलाइ  पूर्णरुपमा कार्यन्वयन गर्न स्थानीयलाइ जनचेतना समेत जगाएका छ। बिगत १० बर्ष देखि पत्रकारिता मा संलग्न रहदै आएका जोसी र सिहले यस अघि पनि सरसफाइको पार्टमा बिभिन्न समाजलाइ जनचेतना मुलक कार्य गर्दै आएका छन ।



सोमबार १७, चैत २०७६ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.