कोरोना संक्रमित युवतीसंगै आएका अरु ६ जनाको पनि रिपोर्ट नेगेटिभ

Yugnepal     643 पटक पढिएको    

कोरोना संक्रमित युवतीसंगै आएका अरु ६ जनाको पनि रिपोर्ट नेगेटिभ


नेपालगन्ज । बाँकेमा कोरोना परिक्षणका लागि काठमाण्डौ  टेकु अस्पताल पठाइएका थप ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै एक १९ बर्षीया कोरोना संक्रमित युवतीसंगै नेपाल आएका बाँकेका ४ जना सहित मलेसियाबाट आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताए । 

योसंगै बाँकेमा १३ वटा नमुनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यसअघि पनि  ७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो । हिजो पठाइएका १० वटा नमुनाको रिपोर्ट भने आउन बाँकि छ ।हाम्राकुराबाट 



आइतबार १६, चैत २०७६ ०३:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.