कोरोना   मेडिकल सामग्री ल्याउन निगमको जहाज शनिबार चीन जादै

मेडिकल सामग्री

Yugnepal     872 पटक पढिएको    

कोरोना   मेडिकल सामग्री ल्याउन निगमको जहाज शनिबार चीन जादै


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम  नेपाल एयरलाइन्स को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।
    
औषधोपचारजन्य सामग्री लिन निगमको वाइड बडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइड बडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुङ्गिनसकेको जानकारी दिए ।
    
“हाम्रा ९निगमको० वाइड बडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो तर यो प्रक्रियामै छ, ‘ओभर फ्लाइङ पर्मिशन’का लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ । उडान अनुमति पाउनासाथ जहाज पठाइनेछ”, उनले भने ।
    
वाइड बडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । यो चार्टर्ड उडानका लागि सम्बन्धित मुलुकसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको जनाइएको छ ।

यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले निगमको वाइड बडी जहाज चीन जाने तयारी भइरहेको तर उडान तालिका भने यकिन भइनसकेको जानकारी दिए ।

आज साँझसम्म उडान तालिका बन्ने उनले उल्लेख गरे । सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । रासस 



शुक्रबार १४, चैत २०७६ ०७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.