लकडाउनले दिल्लीमा अलपत्र नेपाली भोकै सडकमा

Yugnepal     1407 पटक पढिएको    

लकडाउनले दिल्लीमा अलपत्र नेपाली भोकै सडकमा

काठमाडौं। भारतको मुम्बईबाट नेपाल आउँदै गरेका नेपालीहरु दिल्लीमा फसेका छन्। उनीहरु मुम्बईबाट रेलमा आउँदै गर्दा भारतमा लकडाउन थिएन। तर दिल्ली आउँदै गर्दा बाटोमै लकडाउन भयो। उनीहरु नेपाल आउन सकेनन्। 

पीडितहरुका अनुसार लकडाउन भएपछि रानीबाग होटलमा बसे पनि त्यहाँबाट समेत उनीहरु निकालिएका छन्। सडकमा दुई दिनदेखि भोकै बसिरहेका छन् । बच्चाले समेत केही खान पाएको छैन । बच्चाकी आमाले भनिन्, ‘खाना खान नपाएपछि बच्चालाई दूधसमेत आएको छैन ।’

दिल्ली मुख्यमन्त्री अरबिन्द केजरीवालले खान नपाएकालाई र्याम्बोसेरामा खान खुवाउने व्यवस्था गरेको बताए पनि प्रहरीले भने जहाँबाट आएको हो त्यहीं जान भनेपछि उनीहरु बेवारिसे भएका छन्। 

उनीहरुले पानीसमेत पिउन सकेका छैनन् । उनीहरुको उद्दार गर्नका लागि सरकारले कुनै अग्रसरता देखाएको छैन । कोरोनाले भन्दा उनीहरुलाई खाना खान नपाएरै छिटो मर्ने खतरा बढेको छ । 



बिहिबार १३, चैत २०७६ ०२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal