दक्षिणी सीमाबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

Yugnepal     745 पटक पढिएको    

काठमाडौं सरकारले दक्षिण सीमाबाट नेपाल आउने नेपालीहरुलाई प्रवेशको अन्तिम अवसर दिने भएको छ। उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी आज जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेशको अनुमति दिइने अर्थमन्त्री युवाराज खतिवडाले बताए।

उनीहरुलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा क्वारेन्टाइनमा राखिने मन्त्री खतिवडाले बताए। स्वास्थ्य सामाग्री ल्याउनको लागि निजी क्षेत्रलाई आव्हान समेत गर्ने र त्यसको सहजिकरण कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि बनेको उच्चस्तरीय समन्वय समितिले गर्ने छ।

बैठकले स्वास्थ्य सामग्री तथा किटहरु ल्याउनको लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय भएको समेत गरेको छ। सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताए। त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत बताए।

कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, वीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याबहरु स्थापना नहुँदा सम्म छिटो यातायातको व्यवस्था गरेर टेकु स्थित ल्याबमा स्वाब परिक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले सरकारले जारी गरेको लक डाउनका लागि नागरिक स्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको बताए।

निजीका संस्थाले कोरोना कोष बनाएको भए आफु मातहतका कर्मचारीको जम्मा गरेर एक सातामा सरकारलाई हस्तान्तरण गर्न समितिले भनेको छ।  नागरिक अनलाइन बाट



मङ्गलबार ११, चैत २०७६ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.