चिसो बढे संगै दाउराको व्यापार बढदो

Yugnepal     1129 पटक पढिएको    

चिसो बढे संगै दाउराको व्यापार बढदो


प्रदिप मलासी बझाङ्ग   दुइ तिन दिनको बर्षा र हिमपात पछि मौसमले चिसो बढेसंगै बझाङ्ग सदरमुकाम चैनपुरमा दाउराको व्यापार बढेकोछ ।
 बर्षमा एक पटक मात्र हाम्रो सिजन आउन्छ त्यही पनि दैवको कृपाकरुणाले सानो तिनो घर खर्च र लुगाफाटो जोडने अवसर मिल्छ । त्यसैमा पनि केही सुविधा भएका बजारमा दाउराको रेटमा ग्राहकले धेरै  भाउताउ खोज्छन सोचे जति भाउ पाइदैन यो भनाइ हो  दैनिक दाउरा बेचेर घर खर्च चलाउने शुर्मा गाउपालिका डोग्डीकि उजली बोहराको हो ।
 उजली जस्तै अरुको पनि त्यस्तै समस्या  छ । सदरमुकाम चैनपुर नजिक  वनजङ्गल नभए पछि  सदरमुकाम बासीले पनि दैनिक  तिन देखि चार सय रुपिया हालेर दाउरा किनेर बाल्नु पर्ने बाध्यता पनि छ ।
 जिल्लाको सदरमुकाम चैनपुर सेतीनदी र बाहुली खोलाको बिचमा अवस्थित छेत्रहो । मौसम बदलिए संगै चिसो वहव पनि अति हुने हुनाले बढि भन्दा बढी दाउराको व्यापार  पनि हुने गर्दछ । जिल्ला सदरमुकाम चैनपुर बिधुतको  केन्दिय लाइनमा जोडिएको भए पनि बिधुत दैनिक नबल्ने समस्याले पनि सदरमुकाम बासी र छेउछाउमा  बसोबास गर्नेले दाउराको प्रयोग वढि हुने गदर्छ ।



शुक्रबार १०, माघ २०७६ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal