सुकुम्वासी सुरेन्द्र नेपालीलाइ राहत स्वरुप घरयसी सामग्री बितरण

Yugnepal     1620 पटक पढिएको    

सुकुम्वासी सुरेन्द्र नेपालीलाइ  राहत स्वरुप घरयसी सामग्री  बितरण


 प्रदिप मलासी  बझाङ्ग सुकुम्वासी सुरेन्द्र नेपाली लाइ राहत स्वरुप घरयसी सामग्री  बितरण गरेको छ ।
 सुदुरपश्चिम टार्फिक प्रहरी उपरिक्षक लोकेन्द्र सेष्ठले बझाङ्ग जिल्लाको साविक भैरवनाथ गा बि स  ५ थाला गाउका रैथाने सुकुम्वासी  ४५ बर्षिय सुरेन्द्र नेपालीको ४ जना छोराछोरी लाइ ४ जोड लुगा दुइ कट्टा मसिनो चामल दुइ पेटी चाउचाउ एक सेट ओडने ओछ्याउन घर प्रयोजनका सामग्री  दिइ सहयोग गरेका छन ।
 २०६५साल अधि भारतको दिल्लीमा गइ जिवन गुजरा चलाउदै आएका सुरेन्द्रका ४ छोराछोरी छन । जसमध्ये ३ छोरी र १ छोरा छन् ।
लामो समय भारत बसेर जन्म घर  फर्कदा पहिलाको सामान्य खालको बास बस्ने घर पनि गाउको अर्कै मान्छेले आफ्नो नाममा बनाए पछि अहिले सुकुम्वासी  सुरेन्द्र नेपाली केदारस्यु गाउपालिका ९ को झोता बजारको सडक किनारामा सानो तिर्पालको झोपडी मुनि बसेर ६ जना परिवारको गुजरा चलाइ रहेका छन् ।
झन्डै ९ वर्ष देखि     पुर्व प्रहरी अधिकृत  राजेन्द्र  ब सिँहको घरपरिवारको नाममा रहेको झोता बजारको पछाडी पट्टीको चौरमा तिर्पालको छानो भएको टहरा बनाएर बसेका हुन । जग्गा धनीले पटक पटक  खाली गर्न चेतावनी दिने गरेका   सुकुम्वासी नेपालीले  बताए ।
आफ्नो पैतरिक सम्पतिका नाममा १ वर्ग मिटर पनि जमिन नभएकोले कहाँजाने केगर्ने भन्ने कुरामा निकै अन्यवल देखिएको छ । राज्यले जनता आवासको अवधरणा अगाडी बढाइ राखेका बेला जिल्लाको केदारस्यु गा पा को झोता बजार सडक किनारमा अर्काको जमिनमा ६ जना  ज्यान भएको घर परिवार होटलमा भाडा माझि दैनिकि चलाउन गरेको   सुरेन्द्र  नेपाली भने  सहयोगको हात फैलाउदै मौन भएको स्थानीय सरकार  र गरिवका टाउका गनेर  डलरको खेती गर्ने तमाम निकायलाइ गुहारी सक्दा पनि सुरेन्द्रको आवाज लाइ सुन्ने टाफिक प्रहरी उपरिक्षक  लोकेन्द्र सेष्ठले  उक्त पिरिवारलाई सहयोग गरेको  सुरेन्द्र  नेपाली बताए ।



शुक्रबार ०३, माघ २०७६ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal