नक्‍कली नोट छाप्‍ने गिरोहका नाइके पक्राउ

Yugnepal     894 पटक पढिएको    

नक्‍कली नोट छाप्‍ने गिरोहका नाइके पक्राउ

 


धनगढी -कैलालीका विभिन्‍न स्थानमा नक्‍कली नोट छाप्ने गिरोह चलाइरहेका नाइके पक्राउ परेका छन्।

नक्कली नोट छाप्ने गिरोहका नाईके भनिएका महेन्द्रनगरका तेजवहादुर कार्कीलाई कञ्‍चनपुर प्रहरीको सहयोगमा महेन्द्रनगरबाट कैलाली प्रहरीले पक्राउ गरेको हो।

सोही गिरोहमा सक्रिय चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।त्यही मध्यका कार्कीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

सोही गिरोहका चार जनालाई पक्राउ गरिएपछि उनी फरार भएका थिए।गत साउनमा कैलाली प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित चार जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट प्रहरीले पक्राउ गरेको थियो।कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर(३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

 



बुधबार २५, मङि्सर २०७६ १२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.