बडैपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

Yugnepal     759 पटक पढिएको    

बडैपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

 

धनगढी, २१ मंसिर – कैलालीको गौरीगंगा नगरपालिका ८ बडैपुरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बडैपुरमा पैदल हिँडिरहेकी पतनीदेवी चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
पश्चिमबाट पूर्व तर्फ गइरहेको ना ५ ख २५२१ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको हो । अहिले ट्रक मुनी शव च्यापिएकाले निकाल्ने प्रयास भईरहको प्रहरीले जनाएको छ । ट्रक चालक गणेश राना इलाका प्रहरी कार्यालय मसुरियाको नियन्त्रणमा रहेको उनले बताए ।



शनिबार २१, मङि्सर २०७६ ०६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.