दार्चुलामा जीप दुर्घटना, १२ जना घाइते

युग संवाददाता     1255 पटक पढिएको    

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका ६ चौतलीचौरमा बुधबार बिहान जीप दुर्घटना भएको हो ।

लेकम गाउँपालिकाको रिठाचौपातामा पर्ने लटिनाथ मन्दिरमा लागेको जयपुरमा मेलाको अवलोकन गरी घर फर्किने यात्रु बोकेको से१ज ११३१ नम्बरको जिप दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था सामान्य छ । शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वरतर्फ गइरहेको जीप केही यात्रा सुरु गरेको केही समयमा नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा परि मालिकार्जुन गाउँपालिका २ भगवतीकी २० वर्षीया कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षीया कमला देवी धामीको टाउकोमा चोट लागेको छ । मालिकार्जुन गाउँपालिका २ का १८ वर्षीय हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी रहेका छन ।

यस्तै २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दान सिंह धामी, २० वर्षीय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका ३ का १७ वर्षीया मिना धामी तथा ४६ वर्षीय पदम सिंह धामी सामान्य घाइते भएका खड्काले जानकारी दिनु भएको छ । जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।



बुधबार २०, कार्तिक २०७६ १२:०६ मा प्रकाशित

#Dolores deserunt quo #दार्चुला

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal