नेकपा परित्याग गरि ६१ जना कांग्रेसमा प्रवेश

Yugnepal     1321 पटक पढिएको    

नेकपा परित्याग गरि ६१ जना कांग्रेसमा प्रवेश

 

 कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १९ को कृष्णनगरमा नेकपा परित्याग गरि ६१ जनाले कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार उप–महानगरपालिका–१९ को नेपाली कांग्रेस वडा कार्य समितीद्धारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका हुन ।
वडामा रहेको तट्बन्धन, विद्युत लगाएतका समस्या हालसम्म कुनै निकायले समाधानको लागी सुन्वाई नगर्दा पार्टी परित्याग गरेको उनिहरुले बताएका छन् । आफुहरुको समस्या नेपाली कांग्रेसले समाधान गर्नेमा आशावादी रहेको उनिहरुको भनाई रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेसका नगर सभापती नृप बहादुर वडले कार्यक्रममा बोल्दै १९ नम्बर वडामा रहेका समस्याहरु समाधानको लागी आफूहरु लागी परेको बताए । विद्युत, तट्बन्धन लगाएतका समस्याहरु हलगर्न लगत्तै योजना अघि बढाउने समेत उनले प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस वडा नम्बर १९ का सभापति होम प्रसाद गौतम कार्यक्रमका सभापति रहेका थिए ।



बिहिबार १४, कार्तिक २०७६ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.