सिद्धान्त नभएका नेपालका कम्युनिष्टहरु  ‘सी’ पथ परीक्षण गर्न लागे – वरिष्ठ नेता पौडेल

Yugnepal     641 पटक पढिएको    

सिद्धान्त नभएका नेपालका कम्युनिष्टहरु  ‘सी’ पथ परीक्षण गर्न लागे – वरिष्ठ नेता पौडेल

दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको बताएका छन् । 

दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकालदेखि नै सिद्धान्तमा अलमल भएका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलिय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको आरोप लगाए । 

पौडेलले भने– ‘ कम्युनिष्टहरु हिजोसम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलिय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के हुँदै अहिले सी पथमा पुगेका छन् । समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन् कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन् ।’

अगाडि थपे, ‘केहिले के कहिले के भनेर छलछाम गर्दै हिडेका छन् । जनतालाई गुमराहमा राख्ने काम गरिरहेका छन् । आफुहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’ 

उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको बताए । पौडेलले भने– ‘समाजवाद उन्मुख राज्य भन्दै हिँडेका छन् कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन् । 

उनले भने, ‘आफुहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् । सिद्धान्तको कन्फुजनले गर्दा मुलुकलाई असफलता तर्फ लैजान खोज्दै छन् ।’

वरिष्ठ नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उदघाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्यनिष्ट नेताहरुले केहि काम गर्न नसकेको बताए । 

उनले भने– ‘सरकार बनेको यति समयसम्म पनि केहि काम गर्न सकेको छैन । अहिलेसम्म जनताले हत्या, बलत्कार, हिंसा भ्रष्टाचार भन्दा केहि पाएका छैनन् । कम्युनिष्टले जनतालाई दिएको उपहार यीनै हुन् ।’ 

पौडेलले नयाँ परियोजना सुरु गर्दा सरकारमा भएका मान्छेहरुले कमिशनको भाग खोज्न थालेको बताए । उनले भने– ‘देशका विकास योजनाको कम्युनिष्टहरुले कमिशनको भाग खोजेका छन् । यसले गर्दा देशका जनतामा निराशा छाएको छ ।’

कम्युनिष्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिड्न थालेका भन्दै यो अर्को मुर्खता मात्रै हुने पौडेलल बताए ।



बिहिबार ०९, असोज २०७६ ११:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.