नआरएनए कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

Yugnepal     742 पटक पढिएको    

नआरएनए कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो । गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको काठमाडौंमा हुन गईरहेको नवौं महाधिवेशनमा जापानका पुराना तथा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्दै आफुलाई सहयोग र समर्थन गर्न अपिल गरेका छन् ।

आफु लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिदैं आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको विचार व्यक्त गरेका छन् । रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात(निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्र्याउने कार्यमा उदाहरण बन्दै आएका श्रेष्ठले वित्तिय क्षेत्र आफ्नो अध्ययन र रुचीको क्षेत्र भएकोले यस क्षेत्रमा हासिल गरेको अनुभवलाई सोहीअनुसारको जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्न चाहेको बताउँदै आएका छन् ।

एक विज्ञप्तीमार्फत श्रेष्ठले एनआरएन अभियानमा कोषाध्यक्षको दावी गर्दै गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुख्य मुद्दाकारुपमा अगाडि सारेका छन् । हाल एनआरएनए आइसीसी सदस्य रहेका श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ,ुयही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनबाट निर्वाचित हुने आगामी कायसमितिका कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा सहित देहायअनुसार आफ्नो भनाइ राख्ने अनुमति माग्दै यहाँहरुको अमूल्य सुझाव र सहयोगको अपेक्षा गरेको छु । गैर आवासीय श्रमिक कल्याण कोषु को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित ’मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व लाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।

ुविगत १४ वर्ष अघि देखिनै गैरआवासीय नेपाली संघको विभिन्न निकायको जिम्मेवारीमा रही काम गरिसकेको एनआरएनएको एक जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पर्ण गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु । विगत लामो समयदेखि आर्थिक तथा वित्तिय क्षेत्रमा काम गरेको मेरो अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने कोषाध्यक्ष पद नै उपयुक्त भएकोले यस गरिमामय पदका लागि आफु योग्य भएको ठानी देहाय वमोजिमका १० बुँदे प्रतिबद्धताहरु सहित आफ्नो उमेदवारी घोषणा गर्दै पुनः यहाँहरुको अमूल्य सुझाव र सहयोगका लागि हार्दिक अनुरोध गर्दछुु विज्ञप्तीमा उल्लेख छ ।ु

यस्ता छन् कोषाध्यक्षका उम्मेदवार श्रेष्ठका प्रतिबद्धताहरुः

कोषाध्यक्ष पदका लागि मेरो प्रतिबद्धता पत्र ९ घोषणा पत्र०स्

आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

नमस्कार
यही अक्टोवर १५ देखि १७ तारिख सम्म काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा भाग लिन विश्वका विभिन्न देशबाट काठमाडौं आउनु हुने प्रतिनिधीहरुलाई हार्दिक स्वागत गर्दै एनआरएनए आइसीसीको कोषाध्यक्ष पदका लागि मेरो देहायअनुसारका १० वुंदे प्रतिवद्धतापत्र सार्बजनिक गर्न चाहान्छु ।

१। वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने छु । ९उक्त कोषको स्थापना तथा सञ्चालनका लागि सवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ०

२। गैर आवासीय नेपाली संघ ९एनआरएनए० को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय(व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिने छ ।
३। संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ, साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्ने छु ।
४। गैरआवासीय नेपाली संघ ९एनआरएनए० केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गरिने छ ।
५। सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने छ ।
६। रु। १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।
७। खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने छ । युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिने छ ।
८। भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
९। संघका मुख्य आधार स्तम्भहरु लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिने छ ।
१०। नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुका लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनुहुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि बुलन्द आवाज उठाईरहने छु ।

मेरा माथि लेखिएका प्रतिबद्धताहरू कार्यान्वयन गरी गैरआबासीय नेपाली संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं साझा संगठनको रुपमा विकास गर्दै जाने मेरो योजनालाई साकार पार्न कोषाध्यक्ष पदमा आफ्नो अमूल्य मत दिइ सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।

“गैर आवासीय श्रमिक कल्याण कोष”को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित ’आजको आवश्यकता, मितव्ययिता र पारदर्शिता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व ९ँष्लबलअष्ब िक्गकतबष्लबदष्ष्तिथ० लाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।
विगत १४ वर्ष अघि देखि नै गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि काम गरिसकेको एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु ।

 मा मेरो योगदान
विगत १४ वर्ष अघि देखि म गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि लगातार सक्रिय रुपमा काम गरिरहेको छु। हाल सम्ममा गैरआवासीय नेपाली संघमा मेरो आवद्धता यस प्रकार रहेको छ ।
केन्द्रीय सदस्य 
संयोजक स् नेपालको संविधानमा एनआरएनका अधिकार सम्बन्धी समिति ९२०१७(१९०
क्षेत्रीय संयोजक स् एनआरएनएको विधान संसोधन तथा नियमावली निर्माण सुझाव समिति ९२०१७(१९०
सदस्य स् एनआरएनएको विधान संशोधन तथा निमावली निर्माण सुझाव समिति ९२००७(२००९०, ९२०१३(२०१७०
सहसंयोजक स् व्यापार तथा लगानी प्रवर्धन समिति ९२०१७(१९०
सदस्य स् व्यापार तथा लगानी प्रवर्धन समिति ९२०१३(२०१५(२०१७०
सदस्य स् वैदेशिक लगानी समन्वय तथा अनुगमन समिति, नेपाल सरकार ९२०१७(१८०



बुधबार ०८, असोज २०७६ ०२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.