एकपछि अर्को व्यवसायीक संस्थामा नेकपाको लगातार हार, संकेत उपनिर्वाचनको परिणामतिर

Yugnepal     818 पटक पढिएको    

एकपछि अर्को व्यवसायीक संस्थामा नेकपाको लगातार हार, संकेत उपनिर्वाचनको परिणामतिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका सुभेच्छुक संस्थाहरु एकपछि अर्को गर्दै असफल हुँदै गएका छन् । दुई तिहाई समर्थक नेतृत्वको सरकारमा भए पनि नेकपाका गतिविधिहरु बिर्सनलायक भएसंगै सुभेच्छुक संस्थाहरु असफल बन्दै गएका हुन् । 

नेकपा सरकारकै असफलताले गर्दा अहिले सुभेच्छुक संस्थाहरुको निर्वाचनमा नेकपा खेमा धमाधम पराजयको सामना गर्न वाध्य भएको छ । 

केही समयअघि नेपाल ट्रेकिङ एजेन्ट्स एसोसिएसन टानको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चुनाव जितेको थियो । 

अहिले वैदेशिक रोजगार व्यवसायी संघमा त सत्तारुढ दल नेकपाको खेमा पत्तासाफ भएको छ । 

कम्युुनिष्ट दलहरु इतिहासमै पहिलोपटक सम्पूर्ण प्यानलसहित सोत्तर भएका छन् । पर्यटन, उद्योग, वाणिज्य, वैदेशिक रोजगार लगायतका हरेक आर्थिक क्षेत्रमा नेकपाको स्थिति दयनीय बन्दै गएपछि अहिले नेकपाभित्रै गम्भीर बहस सुरु भएको छ । 

केपी शर्मा ओलीको सरकार गठन भएपछि खस्किएको सेयर बजार अहिलेसम्म माथि लाग्न सकेको छैन । ओली र मन्त्रिपरिषदका सदस्यहरुले सेयर किनेको नाटक गरे पनि तिनै सेयरहरु अहिले आधा मुल्यमा बिक्री भइरहेका छन् । 

अलोकप्रियता बढ्दै जाँदा अहिले विभिन्न पेशाकर्मीले नेकपा नीतिको आलोचना गर्न थालेका छन् । 

आफ्नालाई च्याप्ने प्रवृत्ति बढेकाले टानको निर्वाचनमा तत्कालीन एमाले र एमालेबीच नै गुट उपगुट चलेको थियो । जहाँ वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र सूर्य थापाबीच चलखेल चलेको थियो । 

त्यस्तै वैदेशिक रोजगार व्यवसायी संघमा पराजित हुनुमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट नै दोषी भएको आरोप लागेको छ । 

कुनै समय एमाले मात्रैले जित्दै आएको संघमा अहिले नेकपा हुँदा पनि कसरी हार्न पुग्यो त भन्ने बहस भइरहेको छ । 

मन्त्री विष्टले एमालेका व्यवसायीलाई च्याप्ने र माओवादीका व्यवसायीलाई फ्याँक्ने नीति लिएकैले अहिले संघमा नेकपाको पत्तोसाफ भएको नेकपाभित्रै गम्भीर बहसको विषय बनेको छ । 

नेकपाका असन्तुष्टहरुले भन्न थालिसकेका छन् कि मुलुकको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र आज जताततै असन्तुष्ट छ । प्रतिपक्ष बलियो भएर भन्दा पनि नेकपाको सरकार अलोकप्रिय भएर यो गति आइपुगेको विष्लेषण उनीहरुको छ । 

मिलिजुली अर्थतन्त्र डामाडोल पारेकै कारण अहिले नेकपा पत्तासाफ भएको निष्कर्ष उनीहरुको छ । 

यतिछिट्टै हल्लिनुको जग खोज्न पनि आग्रह गरिरहेका छन् । भुँईमा टेकेर बस्नुपर्ने भन्दै उनीहरुले आकासमा उडेर मात्र केही नहुने भन्दै सचेत गराइएको छ । 

दमक, कैलाली, दोलखा लगायतका उद्योग बाणिज्य संघमा समेत पत्तोसाफ भइसकेको नेकपाको दम्भले गलत क्रियाकलाप सच्याएन भने थप क्षति ब्यहोर्नुपर्ने भन्दै नेकपाका केही नेताहरुले नेतृत्वको आलोचना गरेका छन् । 

संकेत उपनिर्वाचनतिर 
यो नतिजालाई मंसिरमा हुने उपनिर्वाचनतिर संकेत गर्न खोजिएको छ । नेकपाका केही नेताहरुले अहिले जसरी सुभेच्छुक संस्थाहरुमा हारको सामना गर्न परिरहेको छ त्यसरी नै मंसिरमा हुने उपनिर्वाचनमा पराजयको सामना गर्नका लागि तयार हुन समेत सचेत गराएका छन् । 

उनीहरुले हरेक क्षेत्रमा दुई तिहाईको सरकार भन्दै दम्भ देखाउँदै गएकाले नेकपाले छोटो समयमै अप्रत्यासित परिणाम भोग्न परिरहेको निष्कर्षसमेत निकालेका छन् । 

यदि सुभेच्छुक संस्थाहरुको निर्वाचनमा भोगेको पराजयको समीक्षा नगर्ने हो भने नेतृत्वले उपनिर्वाचनमा हारको सामना गर्न तयार हुनुपर्ने पनि चेतावनी दिइएको छ । 



बुधबार ०८, असोज २०७६ १२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.