सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन चाहेन – विमलेन्द्र निधि

Yugnepal     763 पटक पढिएको    

सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन चाहेन – विमलेन्द्र निधि

धनुषा । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा सङ्घीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत सोमबार नगराइनमा आयोजित आमसभामा उनले सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन नचाहेको बताए ।     
     
उपसभापति निधिले संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख भए पनि सङ्घीय सरकारले केन्द्रीकृत मानसिकता त्याग्न नसकेको बताए । उनले सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी विधेयकमाथि समेत असन्तुष्टि व्यक्त गरे ।

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए काङ्ग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ थियो ।     
     
“नेपालमा अब कुनै मधेशवादी पार्टी छैन । सबैले आ–आफ्नो दलको नामबाट मधेश शब्द हटाइसकेका छन्, साइनबोर्डमा समेत मधेश देखिँदैन । अब आफूलाई मधेशवादी भनेर जनता ठग्ने काम बन्द गर्नुपर्छ”, उनले भने । प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने निधिको धारणा थियो ।     



मङ्गलबार ०७, असोज २०७६ १०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal