चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन

Yugnepal     935 पटक पढिएको    

चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकपछि सभापति शशी श्रेष्ठले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौँ मानिस चाड मनाउन आ–आफ्नो घर फर्कने भएकाले यहाँ हुनसक्ने आपराधिक घटना, चोरी लगायत नियन्त्रण गर्न निर्देशन दिइन् ।

 “भारत लगायत देशमा काम गर्न गएका नेपाली यही पर्वको अवसर पारेर घर फर्कने क्रममा नाका लगायत स्थानमा हुने चोरी डकैती नियन्त्रण गर्न पनि सरकारले ध्यान दिनुपर्छ, कालो बजारी, कृत्रिम अभाव लगायत समस्या समाधान होस्”, उनले भनिन् ।

लामा, छोटा दूरीका सवारीमा सरकारले तोकेभन्दा बढी भाडा लिए कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । सडकको अवस्थाका बारेमा बेलैमा ध्यान दिई सवारी दुर्घटनालगायत हुनसक्ने घटना नहुने व्यवस्था मिलाउन सरोकार भएका निकायसँग समन्वय गरी काम गर्न पनि समितिले भनेको छ ।  

 भारतमा काम गर्न जाने नेपालीले ल्याउने रु ५०० र रु १००० का नोट नचल्दा चाडबाडमा समस्या हुने भएकाले साट्ने व्यवस्था मिलाउन पनि सरोकार भएका निकायलाई निर्देशन दिइएको सभापति श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।



सोमबार ०६, असोज २०७६ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal