भूगर्भशास्त्री हेगनको नाममा पार्क निर्माण हुने

Yugnepal     708 पटक पढिएको    

भूगर्भशास्त्री हेगनको नाममा पार्क निर्माण हुने

हेटौँडा । हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ ।   हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ ।

यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडा शहरको परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उनले स्थानीयवासीको सल्लाह सुझावका साथ अघि बढ्ने बताए ।

हेटौँडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकको डिजाइनर आशिष अधिकारीलाई नै यो पार्कको पनि डिजाइनको जिम्मा दिने बताउँदै नगरप्रमुख महतले भने, “उक्त स्थानमा सम्पूर्ण हेटाँैडाको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावर पनि निर्माण गरिने छ ।”

पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले समेत केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताएका छन् ।



मङ्गलबार ०३, भदौ २०७६ ०१:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal