वीपी प्रतिष्ठानमा सखुवाको रुख अचानक ढल्यो, किचेर दुई घाइते

Yugnepal     1028 पटक पढिएको    

वीपी प्रतिष्ठानमा सखुवाको रुख अचानक ढल्यो, किचेर दुई घाइते

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जनाए ।

उनका अनुसार घाइते हुने जनकपुर वडा नं। ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् । प्रतिष्ठानको पियाआईसियूमा छोरा क्रितिक यादवको उपचार गराईरहेका उनीहरुलाई बाटोमा हिंड्दा हिंड्दै रुख ढलेर किचेको हो ।

मानवीयताको हिसावले घाइते दुवै जना र विरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा।गौरी शंकर साहले बताए । रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को।२।ह। ५५७५ नम्वरको टेम्पोलाई समेत पूर्णरुपले क्षति पुर्याएको छ ।

सूचना अधिकृत तामाङले रुख ढलेर ठूलो एवम् अप्रिय क्षति नभएको भएतापनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरुको कटान गरी नयां वृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको बताए ।



बिहिबार २३, साउन २०७६ ०२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal