एक वर्षमा डडेल्धुराबाट साढे ४ हजारले लिए नागरिकता

Yugnepal     1032 पटक पढिएको    

एक वर्षमा डडेल्धुराबाट साढे ४ हजारले लिए नागरिकता

डडेल्धुरा, साउन १५ । डडेल्धराबाट एक वर्षको अवधिमा चार हजार पाँच सय ३३ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्।
जसमा जिल्ला प्रशासन कार्यालयबाट २ हजार ८ सय २०, इलाका प्रशासन कार्यालय, जोगबुडाबाट १ हजार ७ सय १३ जनाले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा १ हजार ३६ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ। नाबालक परिचयपत्र ५९, विभिन्न किसिमका सिफासिर एवं प्रमाणित २१५, संस्था नविकरण ६२, हातहतियार नविकरण ४४, नयाँ दर्ता संस्था २२ वटा रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

पाँच सय ४९ जनाले राहदानी वितरण नियमित सेवा लिँदा ६ सय ५१ जनाले राहदानी वितरण दु्रत सेवा लिएको जनाइएको छ । गत वर्ष ३२ पटक जिल्ला सुरक्षा समितिको बैठक बसेको प्रजिअ पौडेलले बताए।

गत वर्ष जिल्ला प्रशासन कार्यालयलले एकिकृत घुम्ती सेवा शिविर ३ पटक सञ्चालन गरेको थियो। एक वर्षको अवधिमा जिल्लाभर ३३ पटक बजार अनुगमन गरिएको छ। प्रशासनिक दण्ड जरिवनावाफत तीन लाख ११ हजार रुपयाँ संकलन भएको पनि जिल्ला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नागरिकता नपाएका दुर्गम तथा ग्रामीण भेगका नागरिकहरुलाई मध्यनजर गरी यो आर्थिक वर्षमा पनि एकिकृत घुम्ती शिविर संचालन गर्ने प्रशासन कार्यालयको योजना रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।



बुधबार १५, साउन २०७६ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal