गत पुस १६ गते सम्म आवेदन दिने हरुले स्मार्ट लाईसेन्स बितरण हुदै

Yugnepal     1046 पटक पढिएको    

गत पुस १६ गते सम्म आवेदन दिने हरुले स्मार्ट लाईसेन्स बितरण हुदै

 

यातायात व्यवस्था विभागले २०१८ डिसेम्बर ३१ अर्थात २०७५ पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह गरेको छ । लाइसेन्स छपाई सकिएको र साउन १५ गतेसम्म विभागको कार्यालय नयाँ बानेश्वरबाट वितरण हुने विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र एकान्तकुनाबाट २०७५ पुस १६ गतेसम्म जारी तथा नवीकरणका लागि आवेदन दिएकाहरुलाई स्मार्ट लाइसेन्स लिन विभागले बोलाएको हो ।

सवारी चालकले राजश्व बुझाएको रसिदको आधारमा साउन १५ गतेसम्म स्मार्ट लाइसेन्स विभागको कार्यालय नयाँ बानेश्वरबाट पाउने छन् भने साउन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट वितरण गरिने छ ।



आइतबार १२, साउन २०७६ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal