काठमाडौं । सबैभन्दा बलियो कम्युनिष्ट सरकार आफ्नो तजबिजीमा चलिरहँदा जनता भने ढाडै सेकिने गरी मर्कामा परिरहेका छन् ।
बहुमतप्राप्त सरकार भएपछि जनताप्रति कुनै बफादारी निभाउन नपर्ने नयाँ नजीर राख्दै केपी शर्मा ओली नेतृत्वको सरकार बेपर्वाह बन्दै गएको छ ।
तरकारी र फलफूलको मूल्य चरमसीमामा पुगे पनि सरकार भने कानमा तेल हालेर बसेको हो । वर्षाले क्षति पुर्याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुशी बढाएपछि त्यसको मार सर्वसाधारणमा परेको हो ।
दुई साताको बीचमा तरकारीको मूल्य दोब्बर भन्दा बढीले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।
गत वर्ष प्रतिकेजी ३० रुपैयाँ पर्ने हरियो तरकारीको मूल्य अहिले डेढ सय रुपैयाँसम्म पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।
सरकारले यतिधेरै मूल्यवृद्धि हुँदा कुनै कानुनी प्रक्रिया अपनाउन सकेको छैन । फेरि सरकारले भारतबाट आउने विषादीयुक्त तरकारी र फलफूलको परीक्षण पनि गरेको छैन ।
त्यसैगरी चीनबाट पनि खुलेआम स्याउ लगायतका फलफूलहरु भित्रिइरहेका छन् ।
प्रतिकृया दिनुहोस