दिपायल सिलगढीमा ‘सडक हरियाली’ कार्यक्रमको थालनी

Yugnepal     923 पटक पढिएको    

दिपायल सिलगढीमा ‘सडक हरियाली’ कार्यक्रमको थालनी

 

डोटी,  । डोटीको दिपायल सिलगढी नगरपालिकामा ‘सडक हरियाली’ कार्यक्रम थालनी भएको छ ।

नगरपालिकाका मूख्य बजार क्षेत्र दिपायल र सिलगढी जोड्ने मूख्य सडक छेउछाउमा बोटविरुवा रोपेर ‘सडक हरियाली’ बनाउने योजना अनुसार रुखहरु रोप्न लागिएको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताइन् ।

उक्त कार्यक्रमको जिल्ला समन्वय समिति डोटीका प्रमूख राम ऐरले कल्की फूलको बोट रोपेर उद्घाटन गरेका हुन् । ‘सडक हरियाली’ कार्यक्रमको उद्घाटनमा जिल्ला अदालत डोटीका जिल्ला न्यायाधीश जयानन्द पनेरु, दिपायल सिलगढी नगर प्रमूख मञ्जु मलासी, उप प्रमूख शिवराज खड्का, डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी उपरिक्षक विद्यानन्द माझी, डोटीका डिभिजन वन अधिकृत सम्भुप्रसाद तिवारीलगायत विभिन्न जनप्रतिनिधी, सरकारी कर्मचारी र पत्रकारहरुले रुखविरुवा रोपेका छन् ।

अमूल्य बोटविरुवाहरु रुद्राक्ष, कपुर, कल्की, गोल्डमर, पशुपती फूल लगाएतका बोटविरुवाहरु सडक छेउछाउमा रोपिएका छन् । बोटविरुवाको संरक्षणका लागि १० लाखको लगानीमा फलामे ‘ट्रि गार्ड’ र ५० हजारको लगानीमा बहुमूल्य बोटविरुवा खरीद गरी वृक्षारोपण हुन लागेको हो ।

जसका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट जनशक्ति परिचालन गरी उक्त कार्य भइरहेको छ । बोटविरुवा संरक्षणका लागि राखिएका प्रत्येक ‘ट्रि गार्ड’मा नम्बरसँगै वृक्षारोपण, व संरक्षण, वातावरण सरसफाई, बालश्रम निषेध, बहुविवाह रोकथाम, महिला हिंसा नियन्त्रण लगाएतका विषयमा विभिन्न सन्देशमूलक नाराहरु समेत राखिएको छ ।

नगरपालिकालाई नमूना नगर बनाउन विभिन्न विकासहरुसँगै सडकमा हरियाली कार्यक्रम पनि अति आवश्यक रहेको नगरपालिका प्रमूख मलासीको भनाइ छ ।



बुधबार ०१, साउन २०७६ ११:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal