पाँच दिनदेखि खुल्ला आकाशकै बास

Yugnepal     1101 पटक पढिएको    

पाँच दिनदेखि खुल्ला आकाशकै बास

पर्सा,  एक तातादेखिको पूर्वि तराईको पर्सा, बारा, रौतहतलगायतका जिल्ला बाढी र डुवानमा परेका छन्। पर्साका सयौं गाउँ डुवानमा पर्दा जनजीवन प्रभावित भएको छ।

जिल्ला विपद व्यवस्थापन समितिका अनुसार, यहाँका १६ वटै स्थानीय तह डुवानमा परेका छन्। डर डुवानमा पर्दा कतिपय गाउँका बासिन्दा पाँच दिनदेखि खुला आकाशमै बसिरहेका छन्। उनीहरू तत्काल आवश्यक सामग्री र राहत समेत नपाएको गुनासो गरेका छन्।

बाढी र डुवानले घरसँगै लुगाकपडा, अन्नपात पनि डुवानमा परेका छन्। जसले दैनिक उपभोग्य सामान जुटाउन सकस परेको छ।

त्यस्तै, बाढी र डुवान अझै कम भएको छैन। खेतवारीको पानी घटेको छैन। अन्नवाली नष्ट भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, बाढी र डुवानमा परी पर्सामा दुई जनाको मृत्यु भएको छ। थुप्रै घाइते भएका छन्। भौतिक क्षतिको विवरण अझै आउन सकेको छैन।

आज वर्षा रोकिएको छ। घाम देखिन थालेपछि स्थानीय बासिन्दा खुशी त भएका छन तर, खाने र बस्ने व्यवस्था नहुँदा अप्ठ्यारोमा छन्। आकाशमा बादल घुमिरहेकाले फेरि बाढी र डुवान हुने त्रास स्थानीय बासिन्दामा यतावत छ।

मङ्गलबार ३१, असार २०७६ ११:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal