प्रहरीको गोली लागेर ज्यान गुमाएका सिंहका परिवारलाई १० लाख रूपैयाँ दिने सरकारको निर्णय

Yugnepal     1028 पटक पढिएको    

प्रहरीको गोली लागेर ज्यान गुमाएका सिंहका परिवारलाई १० लाख रूपैयाँ दिने सरकारको निर्णय


 
काठमाडौं,  सरकारले सर्लाहीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सरोजनारायण सिंहका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रहरीसँगको झडपमा ज्यान गुमाएका सिंहका परिवारलाई क्षतिपूर्तिवापत १० लाख रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिए।

मन्त्री बाँस्कोटाले सर्लाही घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय भएको जानकारी दिए।

सर्लाहीको ईश्वरपुर रहेको बाँके खोलाको भंगालोमा परी बालक अमित रायको मृत्यु भएको विषयमा स्थानीयबासीले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर सरोजनारायणको मृत्यु भएको थियो।



बिहिबार २६, असार २०७६ ०४:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal